You are viewing the translated version of नगद धरौटी सदरस्याहा गर्ने.
Section 27
नगद धरौटी सदरस्याहा गर्ने
नियम २५ बमोजिम पैठारी भएको कच्चापदार्थबाट उत्पादित वस्तु सोही नियम बमोजिम निकासी नगरेमा वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री नगरेमा वा नियम २६ बमोजिम निवेदन नदिएमा त्यस्तो वस्तुको स्थानीय बिक्री मानी स्थानीय बिक्री गरे जतिको हकमा ऐनको दफा १५ को उपदफा (३) बमोजिम लाग्ने महसुल धरौटी रहेको रकमबाट सदरस्याहा गरी लाग्ने भन्सार महसुलको पन्ध्र प्रतिशत थप रकम समेत पेठारीकर्ताबाट असुल गरिनेछ ।